शान्तिपुर, गुल्मी – अर्घाखाँचीको सिमलपानी घर भएकी तीन कक्षामा पढ्ने दश वर्षीया बालिकाले गुल्मीको शान्तिपुर झुण्डिएर आत्महत्या गरेकी छन् ।
शान्तिपुर स्थित भानु इङ्गलिस बोर्डिङ स्कुलमा पढ्दै गरेकी प्राप्ती बिसीले घरनजिकै रहेको गोठमा नाम्लोको पासो लगाई शनिवार झुण्डिएर आत्महत्या गरेकी हुन् । अर्घाखाँची सिमलपानीकी प्राप्ती शान्तिपुर मामा घरमा बसेर पढ्दै आएकी थिईन ।
गुल्मी स्थित शान्तिपुर प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक शंकरप्रसाद श्रेष्ठले बालिकाले शुक्रवार विद्यालयबाट र्फकनासाथ झोला घरको पिंढीमा राखेर गोठको कोठामा पसेर झुण्डिएर आत्महत्या गरेको हुन सक्ने बताए । घरमा अन्य कोही परिवार पनि नभएकाले उनी साथीसंग कतै घुम्न गएको आशंकामा खोजी नगरिएको र साँझ खोजी गर्ने क्रममा झुण्डिएको अवस्थामा फेला पारिएको श्रेष्ठले बताए ।
बालिका आफै झुण्डिएको भन्दा पनि कसैले झुण्डाएको हुन सक्ने स्थानीयले आशंका गरेका छन् । बाबु आमा बुटवलमा बस्ने गरेको र बालिका प्राप्तीले आफ्नो आमालाई केही दिन पहिले जसरी भएपनि आफुलाई भेट्न आउन आग्रह गरेको र आमा आएको तिन दिनपछि बालिकाले आत्महत्या गरेकोले स्थानीयले बालिकाले आत्महत्या किन गरिन भन्नेमा आशंका बढेको बताएका छन् ।
बालिकाले आत्महत्या गरेको घर र शान्तिपुर प्रहरी चौकीको झण्डै २ सय मिटर फरक दुरीमा छ । प्रहरी चौकीमा भान्से पदमा कार्यरत कार्यालय सहयोगी समेत सोही घरमा बस्दै आएको प्रहरी चौकीले जनाएको छ । प्रहरी नायव उपरिक्षक गुरुविष्णु काफ्लेले बालिकाको आत्महत्याको कारण पत्ता लगाउन र पोष्टमार्टमका लागि तम्घास ल्याउन निर्देशन दिएको बताए ।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।