नाईजेरियाको योबेमा अन्धाधुन्ध आक्रमण गरी कम्तिमा २९ जना विद्यार्थी र शिक्षकको हत्या

नाईजेरियाको योबे शहरमा संदिग्ध इस्लामी आक्रमणकारीहरुले विद्यालयमा अन्धाधुन्ध आक्रमण गरी कम्तिमा २९ जना विद्यार्थी र शिक्षकको हत्या गरेका छन् । स्थानीय ममुडो शहरको विद्यालयमा आक्रमण गरी ईस्लामी विद्रोहीहरुले विद्यार्थी र शिक्षकहरुलाई जिउँदै जलाएर हत्या गरेको बीबीसीले जनाएको छ ।


प्रत्यक्षदर्शीहरुका अनुसार ईन्धनले भरिएको ट्यांकर विद्यालयमा छिराएर विद्यार्थी तथा शिक्षकहरुमाथि आगो लगाईएको थियो ।


बोको हराम समूहका विद्रोहीहरुले सन् २०१० यता सो राज्यका कयौं विद्यालयमा आगजनी गरिसकेका छन् ।


योबे नाईजेरियाका अति हिंसाग्रत तीन मध्ये एक राज्य हो, जहाँ केही समयअघि राष्ट्रपति जोनाथन गुडलकले संकटकाल लगाएका थिए ।

 

Agencies