तेह्रौं त्रिवर्षीय योजना राष्ट्रिय विकास परिषदले परिमार्जनसहित पारित


 

काठमाडौं  । सरकारले तयार पारेको तेह्रौं त्रिवर्षीय योजना राष्ट्रिय विकास परिषदले परिमार्जनसहित पारित गरेको छ । शुक्रबार र शनिबार राजधानीमा बसेको बैठकले सरकारले प्रस्तुत गरेको आधारपत्रको अधिकांश योजना परिमार्जनसहित पारित गरेको हो ।

 

परिषदले आगामी तीन वर्षभित्र १८ प्रतिशतमा गरिबी झार्ने योजना बढी महत्वाकांक्षी भएको भन्दै परिमार्जन गरी २० प्रतिशत कायम गर्ने निश्चित गरेको छ । त्यस्तै प्रस्तावित मस्यौदामा स्थानीय निकायको भूमिका गौण राखेको भन्दै स्थानीय निकायको भूमिकालाई प्रष्ट पार्ने विषयलाई थप गरेको छ ।

त्यसैगरी सहकारी संस्थाहरुको नियमनकारी निकाय गठन गरी त्यसको भूमिका प्रष्ट्याउन परिषदलाई निर्देशन दिइएको छ ।


बैठकले गैर