बेइजिङ । चीनमा एक पूर्व मन्त्रीलाई घूस लिएको र पदको दुरुपयोग गरेको अभियोगमा निलम्बित मृत्युदण्डको सजायँ सुनाइएको छ ।
पूर्व रेल मन्त्री लिउ सिजुनलाई घूस लिएको र पदीय अधिकारको दुरुपयोग गरेको अभियोगमा चिनियाँ अदालतले दोषी प्रमाणित गर्दै मृत्युदण्डको सजायँ हुने फैसला गरेको हो ।
तर अर्को निर्णय नभएसम्मका लागि उनीविरुद्धको मृत्युदण्डको सजायँ निलम्बनमा राखिने छ । सत्ता र शक्तिमा रहेको २५ वर्षे अवधिमा लिउमाथि एक करोड डलरभन्दा बढी घूस लिएको अभियोग अदालतले प्रमाणित गरेको हो ।
Agencies