न्यूनतम क्षति हुनेगरी क्षेत्र निर्धारण गर्न निर्वाचन क्षेत्र निर्धारण आयोगलाई सुझाव

काठमाडौं । सरकारका उच्च प्रशासकहरुले अधिकतम लाभ र न्यूनतम क्षति हुनेगरी क्षेत्र निर्धारण गर्न निर्वाचन क्षेत्र निर्धारण आयोगलाई सुझाव दिएका छन ।

 

आयोगले आज सरकारका मूख्य सचिव, संसद सचिवालयका महासचिव र सचिवहरुसँग गरेको छलफमा क्रममा उनीहरुले निर्वाचन क्षेत्र निर्धारण गर्दा कुनै एउटा विषयमा मात्र केन्द्रित हुन नहुने सुझाव दिएका हुन् ।

 

छलफलमा भौगोलिक परिस्थिति, शान्ति सुरक्षा, प्रशासनिक निकटता लगायतका विषयलाई ध्यानमा राखेर क्षेत्र निर्धारण गर्नुपर्ने सुझाव दिएको प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि बास्कोटाले हामीलाई जानकारी दिए ।

 

RSS