इजिप्ट । इजिप्टमा अपदस्थ राष्ट्रपति मोहम्मद मुर्सीका समर्थकमाथि सेनाले चलाएको गोली लागि कम्तिमा ५१ जना मारिएका छन् ।
राजधानी कायरो नजिकको पूर्वी शहर नास्रमा भेला भएका मुर्सीको मुश्लिम ब्रदरहुड पार्टीका समर्थकलाई तितरवितर पार्ने क्रममा सेनाले गोली हानेको जनाईएको छ ।
घटनामा धेरै जना घाईते भएको बताइएको छ । मुर्सीलाई नजरबन्दमा राखिएको अनुमान गरिएका भवनको पर्खाल चढ्ने प्रयास गर्दा सेनाले गोली चलाएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
इजिप्टमा सरकार विरोधी प्रदर्शन हिंसात्मक बन्दै गएपछि सेनाले पहिलो जननिर्वाचित राष्ट्रपति मुर्सीलाई अपदस्थ गरि संवैधानिक अदालतका मूख्य न्यायाधीश अद्ली मन्सुरलाई अन्तरिम सरकार प्रमुख नियुक्त गरेको थियो । मन्सुरले यथासक्य छिटो निर्वाचन गर्ने प्रतिबद्धता जनाएपनि मिति भने घोषणा गर्न सकेका छैनन् ।
Agencies