प्रख्यात युरोपेली खुद्रा ब्यबसायी तथा नाम चलेका ब्रान्डहरुले बग्लादेशको कपडा कारखानाहरुमा मिलेर अनुगमन गर्ने

– उमाकान्त पाण्डे गाउंले  
पश्चिमका ७० वटा खासगरि युरोपेली खुद्रा ब्यबसायी तथा नाम चलेका ब्रान्डहरुले बग्लादेशको कपडा कारखानाहरुमा मिलेर अनुगमन गर्ने योजना बनाएका छन । बङलादेशको ग्रामेन्ट कारखानाहरुको सुरक्षा अवस्था सुधार्न त्यस्तो योजना बनाएको बताईएको छ । 
उनीहरुले कुनकुन कारखाना बाट कपडा आयात गरिएको भन्ने खुलाउने छन । र आगामी ९ महिना भित्र तीनीहरुको अनुगमन गर्ने छन ।
गत अप्रिल महिनामा बङलादेशको एउटा कपडा कारखाना भएको भवन भत्किदा ११ सय भन्दा बढीको मृत्‍यु भए पछी सो योजना बनाइएको हो । 
विश्वका मजदुर सगंठनहरुले त्यो योजनालाई एतिहासिक भनेका छन । उनिहरुका अनुसार त्यसले बङ्लादेशको तयारी पोशाकउधोगलाई सुरक्षित र दिगो बनाउन सघाउने छ । 
उत्त् योजना अनुसार सुरक्षाको अवस्था सबल बनाउन आबश्यक पैसा पनि जुटाईने छ । 
सो योजनामा संलग्न ठुला आयात कर्ता मध्ये एच एन्ड एम ,जारा , पेनटेन,मेट्रो, केयरफोर , मार्क्स एण्ड स्पेन्सर, टेस्को , एस्प्रइट , तथा एब्रोक्रोम्बि र फिच पर्दछन । तयारी पोशाक बङ्लादेशमा निकै ठुलो निर्यात मुखी उधोग हो । गत बर्ष मात्रै बङ्लादेशले २० अर्ब अमेरिकि डलर भन्दा बढी मुल्यको तयारी पोशाक निर्यात गरेको थियो । जसको ठुलो अशं  अमेरिका र युरोपेली देशहरुमा निर्यात गरिएको थियो । 
गत महिना त्यहाको खतरनाक कार्य बातावरण तथा श्रम अधिकार प्रति चिन्ता जनाउदै अमेरिकाले बङ्लादेशलाई दिदै आएको केही ब्यापार सहुलियत स्थगित गरेको थियो ।