म दोश्रो विहे गर्न चाहन्छु

– सरिता अर्याल
म निजी विद्यालयमा शिक्षिका थिएँ । श्रीमान् पनि एक उच्च माविमा पढाउनुहुन्थ्यो । दुई छोरा छोरी । काठमाडौंमा एउटा पुस्तैनी घर । हाम्रो भागमा बस्नलाई तीन कोठा । हामीलाई पर्याप्त थियो । घरभाडा तिर्नु नपर्ने भएकाले दुई बूढाबूढीको कमाइ छेलोखेलो थियो ।
एकदिन श्रीमानले के के सुनेर आउनुभयो, अनायास नै राति इजरायलको कुरा निकाल्नुभयो । त्यो दिनदेखि त सधैजसो इजरायलका बारेमा केही न केही नयाँ कुरा ल्याएर मलाई सुनाउन थाल्नुभयो । एकदिन मैले झर्को मान्दै भनें,