कतारमा वागीको एउटै गाउँबाट सात सय युवा

– वीरेन्द्र केसी


वागी, अर्घाखाँची ।  वैदेशिक रोजगार कतारमा एउटै गाउँबाट सात सय युवा छन । घरैपिच्छेका युवा विदेशिने लहर चलेको छ । रेमिटयान्सले गाउँ परिवर्तन भएको छ ।

 



सदरमुकाम देखी १२ किलोमिटर पश्चिम क्षेत्रको सबैभन्दा सानो वागी गाविसबाट कतारमा रोजगारी गर्ने पुरुषको संख्या सात पुगेको छ । यहाबाट घरका तीन चार जना पुरुष-यृवा वैदेशिक रोजगारमा छन । त्यसमा पनि धेरैजसो कतारमा छन । दस वर्ष अघि शुरुमा प्युडाँडाका माधव भुसाल गएका थिए त्यसपछि जानेले आफन्त छिमेकी र गाउँलेलाई तानेपछि यति धेरै युवाको संख्या हुन पुगेको हो । कतारमा मासिक दस हजार देखी ५० हजार रुपैयाँ सम्म मासिक कमाई गरेको कतारबाट गाउँ फर्किएका कुझेरीका मणिराम थापाले बताए । सबै गाउँका साथीभाई र छिमेकी भएपछि रमाईलो महसुस हुने गर्छ, उनले भने, सात सय भन्दा बढीको संख्यामा वागीकै युवा छन । एउटै गाउँका भएपछि उनीहरुले वागी कतार सम्पर्क समाज गठन गरेका छन । जिल्लामै यति धेरै एउटै देशमा वागी बाट मात्रै गएका छन । कतार बाहेक अरु देशमा पनि छिटफुट रुपमा रोजगारीका लागि गएका छन ।


 मासिक रुपमा आर्थिक संकलन गरेका गाउँमा मोटरबाटो, खानेपानी, विजुली, स्कुलमा वार्षिक ५ लाख रुपैयाँ खर्च गर्दै आएका छन । आर्थिक अवस्था कमजोर भएका परिवारमा घरको एक-दुई जना सदस्य कतारमा गएपछि धेरैजसोका सदरमुकाम सन्धिखर्क, बुटवल काठमाडौ लगायतका शहरमा घर घडेरी किनेका छन । रेमिटयान्सले गाउँ  फेरिएको छ, थापाले भने, छोराछोरीले पनि राम्रो बोडिङ स्कुलमा भर्ना गरेका छन, पहिलेको जस्तै गाउँका कसैको पनि घर थारोमा खरको छानो छैन, अहिले सबैका जस्ता पाताले घर, थारो छाएका छन । घरमा सिमेन्ट लगाएर चिटिक्क पारेका छन । पुरुषहरु वैदेशिक रोजगारमा र उनका श्रीमती परिवार सदरमुकाम बसेका छोराछोरीलाई राम्रो बोडिङ स्कुलमा पढाउन बसेका छन । गाउँमा बुढाबुढी मात्रै धेरै देखिन्छन् । घरका एक जना देखी ५ जनासम्म वैदेशिक रोजगारमा छन । वैदेशिक रोजगारमा रहेका युवाले तलव कटाए गाउँको विकास निर्माणका काममा खर्च गरेर उदाहरणीय काम गरेको शान्ति उमाविका प्राचार्य मान बहादुर पाण्डेले बताए । विकास निर्मँणमा ठुलो टेवा पुगेको उनले बताए । सरकारी बजेटबाट मुख्य केन्द्रमा सडक छन तर रेमिटयान्सले टोल र घरैपिच्छे मोटरबाटा निर्माण भएका छन ।  


शान्ती उच्च मावि सञ्चालन गर्न चार लाख सहयोग गरेका छन । त्यस्तै भडार,प्युडाँडामा मोटरबाटो निर्माण, विद्युत विस्तार,खानेपानी मर्मत, सडक निर्माण, ३ वटा विद्यालयमा छात्रवृद्धि कोष स्थापना गरी  ७ लाख जति खर्च गरिसकेको समितिले जनाएको छ । सम्पर्क समाजका पुर्वअध्यक्ष माधव भुसालका अनुसार कतारमा गएका सबै एकै ठाउँमा भेला हुने बैठक बस्ने र आपसमा भएका समस्या समाज मार्फत हल गर्ने गरिन्छ । गाउँबाट रोजगारका लागि कतार जान चाहने व्यक्तिलाई रोजगारीको व्यवस्था मिलाईदिने पनि गरिन्छ । काम गर्दै गर्दा कोही बिरामी भयो भने,उसको हेरविचार देखी औषधि उपचार र अन्य सहयोग समेत हुने गर्छ । मासिक बस्ने बैठकले कोषमा आफुसक्दो रकम जम्मा गर्ने गर्छन । सबैले आफनो तलव काटेर संकलन गरेपछि कोषमा जम्मा भएको रकमले उक्त खर्च र गाउँमा विकास निर्माण कार्य सञ्चालन हुदै अएका छन ।


वागीबाट कतारमा घर, भवन निर्माण, घरेलु कामदार देखी कम्पनीमा कार्यरत राम केसीले भने, काम गर्न त्यती सजिलो छैन । कतारमा गाउँका साथिभाई धेरै भएपछि रमाईलो हुने गर्छ । वागी गाविसको कुझेरी,पलसपाटा,गोवदी र भडार गाउँबाट मात्र एक सय पचास युवा कतारमा छन । कतारको आम्दानीले गाउँमा परिवर्तन भएको छ । आम्दानीको स्रोत नभएका घरपरिवारमा अहिले दुईचार लाख रुपैया झिक्न सक्ने भएका छन । युवा शक्ति विदेशिएर आम्दानी भएपनि गाउँका खेतीयोग्य जमिन भने बाझिदै गएका छन ।

 

पाँच छ वर्ष कतारमा रोजगार गरेर फकिएपछि गाउँमा नबस्ने सेवा सुविधा खोज्दै शहरमा बस्ने चलन बढदो छ । जिल्लामै सम्भवत धेरै युवा यही गाविसबाट विदेशिएका छन । गाउँबाट युवाहरु विदेश पलायन हुनेको सख्या बढदै गएको छ । १० वर्षदेखी यहाँका पुरुष कतार जान थालेका हुन ।

 

 




Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।





अन्य समाचारहरु