इजिप्टमा फेब्रुअरी महिनामा देशमा नयाँ निर्वाचन गराउने घोषणा

इजिप्ट  । इजिप्टमा जननिर्वाचित राष्ट्रपतिलाई सैनिक कू मार्फत् अपदस्थ गरि बनेको अन्तरिम सरकारले आगामी फेब्रुअरी महिनामा देशमा नयाँ निर्वाचन गराउने घोषणा गरेको छ । राष्ट्रपति मोहम्मद मोर्सीलाई सत्ताबाट गलहत्याएर सत्ता र शक्ति आफ्नो हातमा लिएको सैनिक नियन्त्रित सरकारले फेब्रुअरीमा हुने चुनावका लागि हालको संविधान संशोधन गरिने जनाएको छ ।


 त्यसपछि जनमत संग्रह गरी बल्ल चुनाव गरिने घोषणा गरिएको छ । आगामी १५ दिनभित्र संविधान संशोधनका लागि एक समिति गठन गरिने बताइएको छ । उक्त संशोधनमाथि चार महिनाभित्र जनताको राय लिएर संसदको चुनाव हुँदै बल्ल राष्ट्रपति पदका लागि निर्वाचन गराइने छ ।


यद्यपि, सत्ता अपदस्थ मुस्लिम ब्रदरहुडले भने सरकारको यो योजनाप्रति कुनै प्रतिक्रिया जनाइसकेको छैन । यता मोर्सीलाई सत्ताबाट कू गरेपछि भड्केको हिंसामा राजधानी कायरोमा हिजो मात्र ५० जना मारिएका छन् । उक्त घटनाको मोर्सीलाई हटाएकामा समर्थन गर्ने घरेलु दलदेखि अमेरिकासम्मले विरोध गरेका छन् ।

 

Agencies