अमेरिका । अमेरिकी सेनाका सैनिकहरु यौन शोषणको शिकार हुने गरेको प्रतिवेदन सार्वजनिक भएको छ । अमेरिकी रक्षा मन्त्रालयले हालै सार्वजनिक गरेको प्रतिवेदन अनुसार सन् २०१२ मा मात्रै अमेरिकी सेनामा कार्यरत महिला र पुरुष गरी २६ हजार सैनिक यौन शोषणको शिकार भएका छन् ।
यौन हिंसाको शिकार हुनेमा अधिकांश तल्लो पदका सैनिक रहेको र उच्च पदस्थ अधिकारीले उनीहरुमाथि यौन हिंसा गरेको प्रतिवेदनमा उल्लेख छ । सेनाको आधिकारिक अनुमान अनुसार सन् २०१२ मा लगभग चार हजारको हाराहारीमा यौन हिंसाका मुद्दा दायर गरिएकामा केही मुद्दामा सुनुवाई भएको छ ।