आधुनिकिकरण सँगै रितिरिवाज कता कता

– राजु खडका
झम्मक्क रात परेको थियो। म अनी पल्ला घरे साईला बाजे बिस्तारै दिनभर को  रोपाई सकेर उकालो निस्कदै। एत्तिकैमा रानी डाडोको बिचमा रहेको चोउपारी आयो। म सँगै बाजे पनि सुईया सिठी लगाउदै बस्योउ। बाजेले निधारका पसिना कम्मरमा कसेको कपडा खोलेर पुछे अनी टुसुक्क बसेर टोलाये।
एसो फाट तिर हेरेको चन्द्रमा खोक लगाएर रोपिएका गराहरु मा छर्लङ देखिन्थे। असारको महिना थियो। जता ततै मेलाको काममा सबै ब्यस्त थिए। सबै युवाहरु परदेश लागे। गाउमा बुढा बुढी मात्र हतार हतार मा बाचिरहेका छन। आफ्नो अमुल्य समय पनि छिटो छिटो बिताउन चाहन्छन किनकी समय को एही माग छ्। गती हिजो भन्दा आज बढी छ्। सबैलाई भोली होइन अहिले नै सबै चिज चाहिएको छ्। कठिन छ यहाँ जिउन का लागि यो नयाँ संसार मा।
बाजेको छोरा पनि परदेश लागेको छ्। आज सँगै भये को भय बाबा म नै गर्छु सबै मेला को काम हजुर घरै बस्नु भन्थ्यो होला, मेरो काध मा भएको खोक अनी हलो हरु आफ्नै काध मा लिन्थ्यो होला भन्दै गुनासो गर्दै हुनु हुन्थियो। बाजेले आफ्नो जीवन मा आफुले भोगेका गरेका अनी देखेका धेरै कुरा हरु गन्थन हुन थाले।
 
एत्तिकैमा बाजेको आँखा झर्लक्क डील मा गएर  रोकिय। अनी मलाई भन्नु भो हेर बाबु माथि धनेले अस्ती मोटर बाटो खनियो भन्दै थियो , के के गर्छन् के के । कती बर्ष देखी सबैलाई शितल दिदै आएको चोउतारी को डील नै फालेछन । त्यो बर को रुख ढल्नु न रहनु पो भएछ। नयाँ बिकास नयाँ नेपाल मा। अनोउठो छ् हो यो संसार पनि। वरी परी पर्खाल हुन्थियो।  कती सफा थियो।  हरियाली दुबो वरीपरी
गजब्ब फैलिएको हुन्थियो। अहिले के हो के हो ! धेरै फरक छ।  मान्छे को सोचमा, बिचार अनी काम गर्ने सैलीमा। तर जे भये पनि  प्रतिफल त तेही नै हो।
 
शायद कसैले ख्याल गरेन होला किनकी कतै कतै हागाहरु सुकी सकेको रुख थिय। अहिले मोटर बाटो भयेर होलाकोही पनि चोउपारी लाई हेर्दैनन , सफा गर्दिनन। के एही सिकायो त नयाँ समय ले। मान सम्मान, महत्व आदी को के छ् र मुल्य। म बदलिएको हो कि, समय हो कि , ब्यक्ती बिशेष को आचरण हो कि गाह्रो छ् भन्दै एक एक बोल्न लाग्नु भो।
 
मलाई थाहा थियो उहाले भन्न खोजेको के हो भनेर। मैले अर्कै अर्थ मा लिये। हुन पनि हो। समयले हिजो को गती लाई सच्चै नै भुलोको छ्। अर्थ थाहा छ् तर व्यबहार फरक गरेको छ्। धेरै स्वर्थी हुँदै गये, सबै पैसा अनी सुखको पछी लाग्न थाले। मेहनत अब खेत मा गर्ने जमाना गये भन्छन।  आखिर खाने त अन्न नै होला नि। सबै मेसिन ले काम गर्छ भने खाने के त ? उहाको हरेक शब्द मा अर्थ थियो। परदेश मा पनि कही कतै के सुख होला र ? फलना को छोरो युरोप , दुबइ बाट आयो भन्छन, तर हामी यहाँ खेती पाती गर्ने लाई रुख मै टिपेर लिये जस्तो गर्छोउ। घर छोडन पाको छैन नानी बाबु तिपेर पढाउन भनी शहर पस्छन। के सरकारी स्कुल मा मास्टर छैनन ? कम्जोरी हाम्रै हो,  ब्यब्स्था गराउन नसक्नु हामै समाज को कमी हो?
अनी उहाले जुन चोउतारी को कुरो गर्नु भयो तेस्को पनि अलग अर्थ छ्। सन्स्क्रिती जगाउन को निम्ती अनी तेस्लाई आधुनिकिकरण गर्ने चक्कर मा हामी पुराना धराहरा हरु लाई अलग्गै हिसाब सिङारेका छोउ। जस्को अर्थ पनि कतै अलग लाग्ने त होइन? हामी रङी चङी संसार मा डुल्न को लागि हामी हाम्रो रितिरिवाज अनी धर्म कर्म लाई भुल्नु हुँदैन किन कि हाम्रो अस्थित्व तेही सँग सम्बन्धित छ्।