अमेरिकाको सन्फ्रान्सिस्को विमानस्थलमा दुर्घटनाग्रस्त एशियाना एयरलाईन्सका चालक प्रशिक्षार्थी रहेको खुलासा

अमेरिका । अमेरिकाको सन्फ्रान्सिस्को विमानस्थलमा दुर्घटनाग्रस्त एशियाना एयरलाईन्सको बोइङ ट्रिपल सेभेन बिमानका चालक प्रशिक्षार्थी रहेको खुलासा भएको छ । दक्षिण कोरियाको सोलबाट सनफ्रान्सिस्कोका लागि उडान भरेको बिमान दुर्घटना हुँदा २ जना चिनिया किशोरीको मृत्यु भएको थियो ।


बिमान दुर्घटनाका क्रममा बिमानको ककपिटमा चारजना बिमान चालक रहेको पनि चालकको मुख्य भुमिका प्रशिक्षार्थीले निभाएको खुलेको छ । विमान दुर्घटनाबारे छानबीन गरेको नेशनल ट्रान्सपोर्टशन सेफ्टी बोर्डं एन.टी.एस.बी ले जनाएअनुसार बिमान अवतरणका क्रममा बिमानको उचाई निकै कम भएको र यसको अन्दाज बिमानमा रहेका अन्य चालकहरुलाई भएको समेत खुलासा भएको छ ।


 बिमान दुर्घटनाका कारण मृत्यु भएका भनिएका दुईजना चिनीया युवती मध्ये एकको उद्धारका लागि गएको सवारीसाधनले किचेर मृत्यु भएको आशंकामा छानविन जारी छ ।

 

Agencies