दार्चुला बगाउँदा कोही पनि नेता गएनन तर भारतीय विदेशमन्त्री खुर्सिद आउँदा लाम लागेर गए: चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले दार्चुला बगाउँदा कोही पनि नेता नगएको तर भारतीय विदेशमन्त्री सलमान खुर्सिद आउँदा लाम लागेर गएको भन्दै आपत्ति जनाएका छन् ।


केसीले चाकडी र दलाली गरेर आफ्नो भविष्य सुरक्षित हुन्छ भन्ने मान्यताले लाइन लागेर भारतीय विदेशमन्त्रीलाई भेट्न गएको आरोप समेत लगाएका छन् ।


राजधानीमा बुधबार भएको एक कार्यक्रममा उनले नेताहरु कुटनीतिक मर्यादा भुल्दा नेपालीको शिर निहुरिएको समेत बताए ।


दार्चुला बाढीले बगाउँदा कोही गएनन तर, भारतीय विदेशमन्त्री सलमान खुर्सिद आउँदा सबै लाम लागेर गए उनले कार्यक्रममा भने- ‘सबै कुरा भारतले गर्ने भए हामिले नेपाली जनतालाई हामी गर्छौं भनेर किन झुक्याउने ?’

 

rss, xnhs