बेईजिङ । चीनको सिचुवान प्रान्तमा भारी वर्षापछि गएको पहिरोमा परी ३० जना भन्दा बढीको मृत्यु भएको छ । चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार झोङसिङ शहरमा आज विहान गएको पहिरोमा परी दर्जनौ घर ध्वस्त भएका छन् ।
पहिरो दुई किलोमिटरसम्म फैलिएको स्थानीय अधिकारीहरुले जनाएका छन् । सिचुवान र युनान प्रान्तमा भारी वर्षाका कारण ५ लाख भन्दा बढी मानिस प्रभावित भएका छन् भने ३ लाख ६० हजार भन्दा बढीलाई सुरक्षित स्थानमा सारिएको बीबीसीले जनाएको छ ।