बारा । बाराको पथलैया नजिक दुधौरा खोलाको पुल भासिएपछि महेन्द्र राजमार्गमा आवतजावत ठप्प भएको छ । एक सय ३० मिटर लामो पुलकोबीच भागका पिलरहरु करिब चार फिट भासिएको र कुनै पनि बेला पुल भाँचिन सक्ने अवस्थामा पुगेको छ ।
पुल भासिएपछि सयौं सवारी साधन र यात्रुहरु राजमार्गमै अलपत्र परेका छन । बिहान हल्का सवारी साधनहरु आवतजावत गर्न दिइएको भएपनि पुल झन्झन् भासिंदै गएपछि दिउँसोदेखि प्रहरीले पुल पूर्ण रुपमा बन्द गराएको छ ।
बाराका प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद पोखरेलले राष्ट्रिय राजमार्गको पुल भासिएकाले तत्काल वैकल्पिक बाटो सञ्चालन गर्ने उपायको खोजी भईरहेको हामीलाई बताए ।
महेन्द्र राजमार्गका अधिकांश पुलहरु कमजोर बन्दै गएका अवस्थामा पछिल्ला केहीवर्ष यता नदीबाट गिटीढुंगा निकाल्ने क्रम बढ्दा पुलहरु झन् जोखिममा पर्दै आएका छन् ।
RSS