पाकिस्तानमा राष्ट्रपति आसिफ अली जर्दारीका निजी सुरक्षाकर्मीको हत्या
आषाढ़ २७ गते, २०७० मा प्रकाशित
पाकिस्तान । पाकिस्तानमा राष्ट्रपति आसिफ अली जर्दारीका निजी सुरक्षाकर्मीको हत्या गरिएको छ । कराची शहरमा गराइएको एक आत्मघाती बम विष्फोटमा राष्ट्रपति जर्दारीका निजी सुरक्षाकर्मी बिलाल शेखसहित तीन जना मारिएका हुन् ।
घटनामा दश जनाभन्दा बढी घाइते भएका छन् । प्रहरी सुरक्षासहित आफ्नो घर गैरहेका बेला बिलाल शेखलाई निशाना बनाई विष्फोट गराइएको प्रहरीले जनाएको छ ।