जलमग्न बन्दै अर्घाखाँची

बर्षाका कारण अर्घाखाँची जलमग्न भएको छ । बर्षाका कारण सदरमुकाम बाट अन्य गाविसमा जाने सडक अवरुद्द भएका छन । सडक माथि बाट ढिस्को खसेर अबरुद्द भएको छ । कतै भने बर्षाको भेलले सडक खोल्दा खोल्सा जस्ता भएका कारण सवारी चल्न सक्ने अवस्था छैन ।

 


 

निरन्तर परेको अविरल बर्षाका कारण अर्घाखाँचीको नरपानी गाविस वाड नं ७ मा पहिरो गएको छ । 



त्यस्तै अर्घाखाँचीकै ठाडा गाविस वाड ३ कुप्चिवासमा समेत भिषण पहिरो गएको छ । पहिरो सँगै सदरमुकाम सन्धिखर्क जोड्ने गोरुसिंगे सडक खण्ड अवरुद्ध बन्न पुगेको छ ।

 


 

त्यस्तै अर्घाखाँचीको किमडाँडा ७,८ र ९ मा पनि पहिरो गएको छ । पहिरोका कारण वस्तीहरुनै खतरामा परेका छन । 



त्यस्तै अर्घाखाँचीको खिदिम गाविसमा पहिरोले ट्रान्समिटर बगाउदा गाउ अन्धकार भएको छ । पहिरोले विद्युत ट्रान्समिटरनै बगाउँदा त्यहाँको विद्युत सेवा अवरुद्ध बने पछि गाउं अन्धकार बनेको हो ।

 


 

त्यस्तै अर्घाखाँचीमा निरन्तर परेको बर्षाका कारण पुरै जिल्लामा हिजो देखी विद्युत आपूर्ती हुन सकेको छैन् ।

 


 

अर्घाखाँचीमा जेष्ठ पहिलो सातादेखी निरन्तर परेको बर्षाका कारण जिल्ला अधिकांश ग्रामिण सडक अवरुद्ध बन्न पुगेका छन् । बर्षाका कारण जनजिवन अत्यान्तै कष्टकर बन्दै गएको स्थानियले बताएका छन । त्यस्तै लगातारको वर्षाका कारण अर्घाखाँचीको बाँगी ३ मा नेत्र बहादुर चौहानको घर पहिरोले बगाएको छ । अन्य मानवीय क्षती भने भएको छैन । 

 


 

त्यस्तै अर्घाखाँचीका पुर्वी गाविस बल्कोट , केरुङगा , चिदिका लगायत पनि प्रभावित भएका छन । खर्ज्याङ माथि आएको पहिरोका कारण गुल्मी बाट आउने सवारी साधन खर्ज्याङमा रोकिएका छन । बल्कोटको दुन्द्रुन्क , साजबोट लगायतका स्थानमा पनि पहिरो गएको स्थानियले बताए । 

 





Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।





अन्य समाचारहरु