दुबइ – नेपालको सुदुर पश्चिमको दार्चुला बर्षाका कारण चुर्लुम्म डुब्यौ । मनसुनको सुरुमै महाकालीमा आएको बाढीले दार्चुला सदरमुकाम खलङ्गाका वासिन्दालाई ठूलै पीडा दियो । महाकालीमा असार २ गते बेलुकीदेखि आएको बाढीका कारण दार्चुला डुबानमा परेको थियो । सुदरपश्चिमको दार्चुला जिल्लाको सदरमुकाम खलङ्गाको अधिकांश सरकारी कार्यालय र निजी घरसमेत महाकालीको बाढीमा बगे पछि त्यहा रुवावासी भयो ।
दार्चुलाका बासीको यो पीडाले कसलाई छोयो कसलाई छोएन त्यो भने एतिहासले पक्कै साक्षत गराउला । त्यती मात्र कहाँ हो र ? अहिले बाढी पीडितका लागि भनेर देश विदेशमा चन्दा संकलन तिब्र हुँदै छन । असारको सुरुमा आएको अविरल वर्षापछिको बाढीले सुदुर तथा मध्यपश्चिमका जिल्ला प्रभावित भएपछि विश्वका अन्य मुलुकमा बसेका नेपालीलाई पीडा बोध हुनुलाई सकारात्मक भन्न सकिन्छ । भनिन्छ ‘मेची गर्जिदा काली रुन्छ’, काली दुख्दा मेची रुन्छ’भनेर । अहिले दर्चुला डुब्दा खाडी भिजेको छ ।
दार्चुलाका बाढी पीडितलाई भन्दै सम्युत्त अरब एमिरेट्स यूएईको दुबइमा बस्ने नेपालीले अहिले राहत सकंलन गरिरहेका छन । युएईको दुबइमा सगंठित भएको दादिङ वेल्फेयर सोसाइटीले युएईबाट नेपाली रुपैया २५ हजार ४ सय नगद रुपैया सकंलन गरि