अमेरिकाले ईजिप्टका लागि चारवटा एफ सिक्स्टीन युद्धक बिमान उपलब्ध गराउने भएको छ ।
ईजिप्टमा होस्नी मुबारकको पतनपछि राष्ट्रपति बन्नुभएका मोहमद मुर्सी र अमेरिकी राष्ट्रपति बाराक ओबामाबीच अमेरिकाले इजिप्टलाई २० वटा बिमान बिमान उपलब्ध गराउने सम्झौता भएको थियो ।
गत जनवरीमा आठ वटा युद्धक बिमान उपबल्ध गराएको अमेरिकाले आगामी महिना चारवटा युद्धक बिमान उपलब्ध गराउने जनाएको हो ।
इजिप्टको सेनाले निर्वाचित राष्ट्रपति मुर्सीलाई हटाई सत्ता हातमा लिएको बेला अमेरिकाले युद्धक बिमान उपबल्ध गराउने निर्णय गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
AGENCIES