इन्डोनेशियाको एक कारागारबाट करिब एक सय पचास जना कैदी फरार

इन्डोनेशियाको एक कारागारबाट करिब एक सय पचास जना कैदी फरार भएका छन् । इन्डोनेशियाको सुमात्रा द्वीपको मेदान शहरमा रहेको कारागारबाट उनीहरु भागेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । 
बिजुली र पानीको आपूर्ति नियमित नभएको बहानामा हल्लाखल्ला मच्चाउँदै उनीहरु भागेका हुन् । भाग्ने क्रममा कारागारको सुरक्षार्थ खटिएका प्रहरीसँग उनीहरुको झडप भएको तथा कारागारका दुई कर्मचारीको मृत्यु भएको खबर छ । झडपमा केही सुरक्षाकर्मी र कैदी घाइते भएका छन् । 
भाग्नेमा केही आतंकवादी पनि रहेको बताइएको छ । भगुवाहरुले प्रहरीको हतियार समेत लुटेका छन् ।
Agencies