पूर्व प्रमुख निर्वाचन आयुक्तद्धारा आगामी मंसिरमा संविधानसभाको निर्वाचन हुन नसक्ने जिकिर

काठमाडौं  । पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले आगामी मंसिरमा संविधानसभाको निर्वाचन हुन नसक्ने जिकिर गर्दै निर्वाचन भएपनि संविधानसभाबाट संविधान जारी नहुने ठोकुवा गरेका छन् । 
रिपोटर्स क्लबले आज राजधानीमा गरेको कार्यक्रममा पूर्व प्रमुख निर्वाचन आयुक्त पोखरेलले प्रमुख दलका शीर्ष नेताहरुको बोली फेरिएको भन्दै मंसिरको निर्वाचन पनि टरेको दाबी गरे ।
 
संविधानसभाको निर्वाचन भए मुलुकमा जनप्रतिनिधिमुलक संस्था गठन हुने भन्दै पोखरेलले मुद्दा, पात्र र प्रवृत्तिमा कुनै परिवर्तन नआएकाले संविधानसभाबाट कुनै हालतमा नयाँसंविधान नबन्ने बताए ।
 
दलहरुले निर्वाचन