प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची । नेपाली काग्रेस अर्घाखाँचीले अबिरल बर्षका कारण अर्घाखाँचीका बिभिन्न ठाउँहरुमा गएको बाढी पहिरो पिडीतलाई तत्काल राहत उपलब्ध गराउन नेपाल सरकार संग माग गरेको छ ।
बिपि स्मृति भबन सन्धिखर्कमा नेपाली काग्रेस जिल्ला कार्य सम्पादन समितिको आज बसेको बैठकले जिल्लाका बिभिन्न स्थानका बाढीपिडीतलाइ तत्काल राहत उपलब्ध गराउन माग गरेको नेपाली काग्रेसका जिल्ला सभापति कमलप्रसाद भुसालले बताउनु भयो ।
रहस्यमय दुर्घटनामा परि मृत्यु भएका नेपाली काग्रेसका क्षेत्रीय सभापति स्व. चन्द्रमणि पाण्डेको प्रथम बार्षिकीको अबसरमा साउन ४ गते जिल्ला अस्पतालमा रहेका बिरामीहरुलाइ फलफुल बितरण गर्ने , ३१ औ बिपि स्मृति दिबस जिल्लाका ४२ वटै गाविसमा बिभिन्न कार्यक्रमको आयोजना गरि भब्यताका साथ मनाउने पनि निर्णय गरेको जिल्ला कोषाध्यक्ष हरिबहादुर खड्काले बताउनु भयो ।
बैठक जिल्ला सभापति कमल प्रसाद भुसालको अध्यक्षतामा सम्पन्न भएको हो ।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।