अमेरिकाले अपदस्थ राष्ट्रपति मोहम्मद मुर्सीलाई तत्काल रिहा गर्न इजिप्टको सेनासँग आग्रह गरेको छ । विदेश मन्त्रालयका प्रवक्ताले रिहाइका लागि माग गरेका हुन् ।
त्यसअघि अमेरिकाले मोर्सी समर्थकमाथि भैरहेको अन्धाधुन्ध गिरफ्तारी रोक्न पनि माग गरेको थियो । यसैगरी जर्मनीले पनि मुर्सीलाई छाड्न माग गर्दै रेडक्रसलाई मुर्सीसँग भेट्ने अनुमति दिन माग गरेको छ ।
विपक्षीले मुर्सीविरुद्ध लगातार प्रदर्शन गरेपछि देशमा सुव्यवस्था कायम गर्न नसकेको आरोप लगाउँदै सेनाले केही दिनअघि मुर्सीलाई अपदस्थ गरेको थियो । सेनाले भने मुर्सीलाई सुरक्षित स्थानमा राखिएको भन्दै उनलाई छाडेको छैन । सेनाले शासन हत्याएपछि मुस्लिम ब्रदरहूडले विरोध प्रदर्शन कायम राखेको छ ।
यसक्रममा दर्जनौं मानिससमेत मारिएका छन् । मुर्सी समर्थकहरुले सत्ता फर्काउन माग गरिरहेका छन् ।
Agencies