पाकिस्तानी किशोरी मलालाले सबै बालबालिकाको लागि शिक्षा निःशूल्क र अनिवार्य बनाउन आह्वान गरिन्

 पाकिस्तानमा बालिकाहरुको शिक्षाको अभियान सञ्चालन गरेकोमा तालिवानले गोली हानी सख्त घाईते बनाइएकी पाकिस्तानी किशोरी मलाला युसुफजईले शिक्षाको माध्यमबाट मात्रै जीवनस्तर सुधारर्न सकिने बताएकी छन् । आफ्नो १६ औं जन्मदिनको अबसरमा संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा युवाहरुको विशेष सत्रलाई सम्बोधन गदै मलालाले कलम र किताब सबैभन्दा शक्तिशाली हतियार भएको बताइन् । 
सबै बालबालिकाको लागि शिक्षा निःशूल्क र अनिवार्य बनाउन उनले आह्वान गरिन् । तालिवानीहरु किताब र कलमबाट डराउने भन्दै मलालाले उनीहरुको आक्रमणबाट आफ्नो जिन्दगीमा कमजोरी, डर र निराशा समाप्त भएको उल्लेख गरिन् । मलालाले विश्व शक्ति राष्ट्रहरुलाई शान्तिको पक्षमा नीति बनाउन पनि आह्वान गरिन् । 
मलालाको भाषण सुन्न राष्ट्रसंघका महासचिव बान कि मुनलगायत विश्वभरबाट पुगेका पाँच सयभन्दा बढी छात्र छात्रा उपस्थित थिए । सोही सभालाई सम्बोधन गर्दै महासचिव बानले मलाला