चीन । ताईवान हुँदै चीन छिरेको सउलिक नामक आँधीमा परी दुई सय व्यक्ति हराइरहेका छन् । चिनियाँ समाचार संस्था सिन्ह्वाले ती सबैको मृत्यु भएको हुनपनि सक्ने जनाएको छ । यद्यपि, हालसम्म एक जनाको मात्र शव फेला परेको छ । हराइरहेकाको खोजी भैरहेको छ ।
आँधीका कारण तीन लाख परिवार प्रभावित भएका छन् । चीनको उत्तरी क्षेत्रको फुजियान प्रान्तमा आँधीपछि ठाउँ ठाउँमा पहिरो गएकाले जताजतै सडक अवरुद्ध बनेको छ । त्यहाँ पुगेका पर्यटक अलपत्र परेका छन् । प्रतिघण्टा १ सय १९ किलोमिटर रफ्तारमा आएको तूफानले बिजुलीको पोल ढल्नुका साथै सयौं घरका छाना उडाएका छन् ।