नयाँदिल्ली । भारत उत्तराखण्डको बाढी पहिरोमा परेर हराइरहेका करिब ६ हजार व्यक्तिको अब पत्ता नलाग्ने भन्दै सरकारले पीडितलाई राहत दिने घोषणा गरेको छ ।
हराएका पाँच हजार सात सय २८ जना व्यक्तिका परिवारलाई सरकारले राहत उपलब्ध गराउन लागेको हो । उत्तराखण्डका मूख्य मन्त्री विजय बहुगुणाले हराएका सबैलाई वेपत्ता मानेर अब राहत दिने बताउनुभएको हो ।
प्रशासनले यसअघि नै ६८० जनाको मृत्यु भएको पुष्टि गरेको थियो । सबैभन्दा बढी उत्तर प्रदेशको २०९८, मध्य प्रदेशको १०३५ तथा उत्तराखण्डको ९२४ व्यक्ति बाढी पहिरोमा परेका हुन् । जसको कुनै पतो लाग्न सकेको छैन ।
Agencies