इजिप्टमा सेनाद्धारा अपदस्थ राष्ट्रपति मुर्सीको मुश्लिम ब्रदरहुड पार्टीका १४ जना शीर्ष नेताको सम्पत्ति रोक्का

इजिप्ट । इजिप्टमा सेनाद्वारा अपदस्थ राष्ट्रपति मोहम्मद मुर्सीको मुश्लिम ब्रदरहुड पार्टीका १४ जना शीर्ष नेताको सम्पत्ति रोक्का गरेको छ । सरकारी वकिलको कार्यालयले दिएको आदेश अनुसार सम्पत्ति रोक्कामा पर्ने नेतामा ब्रदरहुड पार्टीका सर्वाच्च नेता मोहम्मद बादीलगायत छन् ।


अमेरिकी विशेष दूत विलियम बन्र्स इजिप्टको सैन्य समर्थित सरकारसँग वार्ता गर्न कायरो गएका बेला यस्तो आदेश दिइएको हो । इजिप्टमा चर्किएको हिंसा अन्त्य, समावेशी र प्रजातान्त्रिक जननिर्वाचित सरकारलाई सत्ता सुम्पने वातावरण निर्माणका लागि बन्र्सले आग्रह गर्ने वासिङटनले जनाएको छ ।


अमेरिकाले सैन्य हिरासतमा रहेका मुर्सीलाई रिहा गर्न लगातार आग्रह गरिरहेको छ । यता हिजो मात्र इजिप्टका सैन्य प्रमुख जनरल सीसीले टेलिभिजन सम्बोधन मार्फत गत जुलाई चारमा मुर्सीलाई हटाउने आफ्नो फैसलाको बचाव गरेका छन् ।


 सैन्य प्रमुखले कुनै पनि समुहलाई मुलुकको राजनीतिमा भाग लिनबाट रोक्न नसकिने बताएका छन् । इजिप्टमा दुई हप्ता यता सेनाले मुर्सीलाई अपदस्थ गरेपछि भड्किएको हिंसामा ५० भन्दा बढी मानिस मारिइसकेका छन् ।

 

Agencies