ढाका । बंगलादेशको युद्ध अपराध हेर्ने न्यायालयले इस्लामिक नेता गुलाम अजामले युद्ध अपराध गरेको ठहर गर्दै ९० वर्षको जेल सजाय सुनाएको छ । वंगलादेश स्वतन्त्रता आन्दोलनका क्रममा सन् १९७१ मा अजामले स्वतन्ता संग्रामका विरुद्ध मिलिसिया समूह खडा गरी हजारौ महिलामाथि बलात्कार गर्नुका साथै नरसंहार मच्चाएको लगायतका पाँच वटा आरोप लगाइएको थियो ।
९० वर्षीय अजामले भने आफूमाथिको आरोप अस्वीकार गरेका छन् । उनका समर्थकहरुले अदालतको फैसला राजनीति प्रेरित रहेको आरोप लगाएका बीबीसीले जनाएको छ ।
अदालतको फैसला अघि बंगलादेशको प्रमुख इस्लामिक जमात