काठमाडौ – मकवानपुरको आग्रा-३ बेतिनिका एक युवकले आफ्नै मामाको छोरी बहीनी नाता पर्ने चार वर्षीया बालिकालाई बलात्कार गरेका छन् ।
छिमेकी टिस्टुङ गाविस वडा नं. ५ घर भएकी बालिकालाई करणी गर्ने १८ वर्षीय कालु भनिने सुकमान स्याङ्तानलाई पालुङ प्रहरीले सोमबार पक्राउ गरेको छ । गत २७ असारमा कालुले ती बालिकालाई बालिकाकै घरमा एक्लै भएको मौका छोपी बलात्कार गरेका थिए । घटनाबारे बालिकाको बाबुले भोलिपल्ट मात्र थाहा पाएका थिए ।
‘विहानै श्रीमती घाास काट्न गएकी थिइन्, आमा बृद्ध भत्ता लिन जानु भएको थियो,’ बालिकाको बाबुले भने, ‘त्यही बेला त्यस्तो गरेछ, म पनि काममा गएको थिएा ।’ मध्यान्हतिर घाँस लिएर फर्केकी आमालाई बालिकाले घटनाबारे बताएकी थिइन् । असार २८ गते घटनाबारे बालिकाको आमाले परिवारलाई जानकारी गराएपछि स्थानीय सुनगाभा महिला सञ्जालको पहलमा घटना प्रहरीसम्म आइपुगेको हो ।
RSS