बर्माका राजनीतिक बन्दी बनाइएका सबै नेता यस बर्षको अन्तसम्म रिहा हुने

बर्मा  । बर्माका राजनीतिक बन्दी बनाइएका सबै नेता यस बर्षको अन्तसम्म रिहा हुने भएका छन् । बेलायत भ्रमणमा रहेका बर्मेली राष्ट्रपति थीन सेनले बर्माका विभिन्न कारागारमा रहेका सबै राजनीतिक बन्दीलाई रिहा गर्ने बचन दिएका हुन् । थीन सेन सन् २०१० को मार्चमा सत्तामा आएपछि बर्मामा राजनीतिक सुधार गरिएको छ । 
यही सुधारलाई मान्दै प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीले उपचुनावमा भागसमेत लिएकी थिइन । यसक्रममा थुप्रै बन्दीलाई रिहा पनि गरिएको छ । बेलायतसँग ब्यापार, सामाजिक र सैन्य सम्बन्ध सुधारका लागि बेलायत पुग्नुभएका राष्ट्रपति थीनसँगको भेटमा बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले बर्मामा भैरहेको मानवअधिकार हननबारे ध्यानाकर्षण गराएका थिए । 
बर्मामा केही समय अगाडि भएको साम्प्रदायिक हिंसामा दुई सय व्यक्ति मारिएकामा प्रधानमन्त्री क्यामरुनले दूःख ब्यक्त गर्दै घटनामा घाइते भएकाको उपचारमा कमी नगर्न आग्रह पनि गरे ।
Agencies