सशस्त्र द्वन्द्वको समयमा ध्वस्त भएका प्रहरी ईकाइ पुनःनिर्माण हुँदै

नुवाकोट  । सशस्त्र द्वन्द्वको समयमा ध्वस्त भएका प्रहरी ईकाइ पुनःनिर्माण अभियान अन्तररगत नुवाकोटमा तीनवटा कार्यालयको स्थापना गरिएको छ । शान्ति तथा पुनःनिर्माण मन्त्रालयबाट शान्ति तथा पुननिर्माण सहयोग कार्यक्रम अन्र्तगत जिल्लामा ध्वस्त भएका १३ मध्ये तीनवटा भवनको पुनः निर्माण सम्पन्न भएको हो ।
 सशस्त्र युद्धको समयमा ध्वस्त भएकामध्ये शान्ति स्थापना भएको ६ वर्षमा तीन वटाको निर्माण पूरा भएको छ भने तीन वटा कार्यालयको पुनःनिर्माण भइरहेको छ । शान्तिकोष सचिवालयको सहयोगमा नुवाकोटमा प्रहरी चौकी समुन्द्रटार, ककनी सहित ईलाका प्रहरी कार्यालय खरानीटार गरेर तीन वटा प्रहरी कार्यालयको पुनःनिर्माण सम्पन्न भएको हो । 
जिल्लामा मानव बेचबिखन, चोरी, हत्या लगायतका आपाराधिक क्रियाकलापको मुख्य केन्द्रबिन्दुमा पुनःस्थापना भएको प्रहरी कार्यालयले शान्ति स्थापनामा सहयोग पुग्ने नागरिकहरुले विश्वास लिएका छन् । 
प्रहरी निरीक्षक सहित ३३ जनाको दरबन्दी रहेको इलाका प्रहरी कार्यालय खरानीटारले जिल्लाको सबैभन्दा बढी आपराधिक घटना हुने उर्लेनी, रालुकादेवी, सुन्दारदेवी, थप्रेक, हल्देकालिका लगायत १२ वटा गाविसको सुरक्षा जिम्मेवारी वहन गर्नेछन् ।
RSS