अर्घाखाँचीमा अहिले सम्म १०६ जना एचआईभी संक्रमित, एआरभी सेन्टर नहुदाँ संक्रमितलाई सास्ती

– अर्जुन भुसाल
 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लामा रहेका एचआईभी सक्रमितहरुले आफुहरुले खाने एआभी औषधी जिल्लामै उपलव्ध गराउन माग गरेका  छन् । एचआईभी संक्रमितले खाने एआरभी औषधि जिल्लामै उपलब्ध हुन नसक्दा जिल्लाका एचआईभी संक्रमितलाई सास्ती व्यहोर्नु परेको  छ ।
 
जिल्लामा  एचआईभी संक्रमित दिनानुदिन बढदै जाने क्रम रहेको छ । अहिले सम्म  १०६  जना संक्रमितको संख्या रहेको पाईएको छ । जसमा महिला ५०  जना र पुरुष ४८  जना  बच्चाको संख्या ८  जना रहेको छ । जस मध्य ३२ जना पुरुष र २० महिला गरि ५२ जनाले एआरभी औषधि लिरहेका छन् ।
 
 २५ जना पुगेपछि एआभी सेन्टर खोल्ने नितिगत व्यवस्था रहेपनि ५२ जनाले एआरभी लिदा समेत एआरभी सेन्टर स्थापना नभएपछि सक्रमितहरु चिन्तित वनेका हुन । जिल्लामा उक्त सेन्टर स्थापना गर्नकालागि जिल्ला विकास समितिले १ लाख रुपौया विनियोजन गरेको छ । सरकारले सेन्टर खोल्नका लागि अनुमति दिए जतिवेला पनि खोल्न सकिने  एचआइभीको क्षेत्रमा काम गर्दै आएको संस्था सक्रिय सेवा समाजका कार्यक्रम संयोजक वालकृष्ण खत्रीले बताए ।

अन्य समाचारहरु