– प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँचीको प्रसिद्ध धार्मिक स्थल तथा नेपालकै पहिलो बिना जडित स्फटिक (सुर्यकान्त मणि ) बाट निर्मित शिबलिंग रहेको सिद्धेश्वर शिबालय मन्दिरमा बिहानै देखि भक्तजनको घुइँचो लागेको छ ।
सन्धिखर्कको चुत्राबेसी भक्तिटोलामा रहेको यस सिद्धेश्वर शिबालय मन्दिरमा आज देखि साउन महिना भर बोलबम मेला लाग्ने भएको छ । आज बिहान कलस यात्रा पनि निकालिएको छ । कलस यात्राले सन्धिखर्क र चुत्राबेसीको बजार परिक्रमा गरेको छ ।
दैनिक बैदिक बिधि पुर्बक पुजा आजा हुने शिबालय पिठमा साउन महिना भर शिबको बिशेस पुजा आजा हुने मन्दिर ब्यबस्थापन समितिले बताएको छ ।
वैदिक मान्यताअनुसार शिव आराधनाका लागि साउन महिना अति उपयुक्त मानिने भएकाले मन्दिरमा दर्शनका लागि भक्तजनको घुइँचो लागेको हो । साउनमा शिवजीको व्रत प्रारम्भ गरेमा पारिवारिक सुख, समृद्धि, विद्या, धनलगायत विषयमा सफलता प्राप्त हुने विश्वास गरिन्छ । विशेषगरी शिवजीलाई साउनको सोमबार जल, दूध, भाङ, धतुरो चढाइने गरिन्छ ।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।