इजिप्ट । इजिप्टको राजधानी कायरोमा सेनाद्धारा अपदस्थ राष्ट्रपति मोहम्मद मुर्सीका समर्थक र सुरक्षाकर्मीबीच व्यापक झडप भएको छ । अमेरिकी विशेष दुत विलियम बन्र्सले नयां अन्तरिम सरकारका नेताहरुसंग भेटेर इजिप्टलाई प्रजातन्त्रका लागि दोस्रो अवसर दिने बताए लगत्तै मुर्सी समर्थक आक्रोशित भएका हुन् ।
विशेष दूत बन्र्सले कुनै पनि राजनीतिक पूर्वाग्रहका आधारमा धरपकड नगर्न सम्झाएको पनि बताएका छन् । तर उनले अमेरिकी प्रजातान्त्रिक मोडेल लागु गर्न इजिप्टमा कुनै कोशिस नगरेको पनि स्पष्ट पारेका छन् । अमेरिकाले मुर्सीलाई छाड्न आग्रह गरिरहेको छ ।
दुई हप्ता यता सेनाले मुर्सीलाई नजरबन्दमा राखेको विश्वास गरिएको भवन बाहिर भएको झडपमा ५० भन्दा बढी मुर्सी समर्थक मारिइसकेका छन् । इजिप्टमा सरकार विरोधी प्रदर्शन हिंसात्मक बन्दै गएपछि गत जुलाई ३ मा सेनाले कु मार्फत मुसीलार्ई अपदस्थ गरेर नजरबन्दमा राखेको छ ।
Agencies