सन्धिखर्क – ‘देश टुक्राउन पाइदैन सघींयता चाँहीदैन’ भन्ने मुख्य उद्गघोष सहित आफ्ना गतिबिधीलाई राष्ट्रिय जनमोर्चाले हाल देश भर बिभिन्न कोण सभा तथा बिभिन्न कार्यक्रम गर्दै आएको छ ।
यसै क्रममा अर्घाखाँचीमा पनि राजमोले यसै साता कोण सभा सम्पन्न गरेको छ ।
सवींधानसभाको सुनिस्चिता गरौ गणतन्त्रको सस्थागत निकास र सघींयताको खारेजीको निम्ती राजमो अर्घाखाँची द्वारा आयोजित कोण सभा तथा सास्कृतिक कार्यक्रम सन्धिखर्कको शान्ती बगैचा बसपार्क चुत्राबेसीको भक्तिटोलामा भब्य र सानदार रुपमा सम्पन्न भएको हो ।
सभालाई सम्बोधन गर्दै नेकपा(मसाल)का जिल्ला प्रवत्ता थम्मन केसीले ४ दलको अदुरदर्सिताका कारण देश अझै झन जटिल अबस्थामा गुर्जिरहेको र त्यसको निकासको लागी सघींयता खारेजी हुनु पर्ने बताए ।
‘नेपाली जनताले सघींयता खारेज नगरे सघींयताले देश खारेज गर्ने’ प्रवत्ता केसीको भनाइ थियो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य कृष्ण केसी, अनेम संघकी जिल्ला सचिब सकुन्तला राना लगायतले आ-आफ्नो धारणा राखेका थिए ।
त्यस्तै कार्यक्रममा रत्तिम सास्कृतिक अभियानका कलाकारहरुले बिबिध प्रस्तुतिहरु मार्फत देश बचाउन आवहान गरेका थिए ।
‘गित र नृत्यबाट देश जान थाल्यो टुक्रा टुक्रा परेर’ भन्दै प्रवासमा बसेका नेपालीलाई ‘नेपाली माटोले भन्छ तिमिलाई,बिदेशबाट फर्कि आऊ,देश बचाउन’ भन्दै थिए ।
कार्यक्रममा राजमोलाई माया गरी बिभिन्न स्थान बाट आम सर्वसाधारणको घुईचो लागेको थियो भने जनताको मन जितेको रक्तिम सास्कृतिक कार्यक्रमले कोण सभालाई भव्य र सानदार बनाएको सहभागीहरुको भनाइ थियो ।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।