एकीकृत नेकपा माओवादीको उपाध्यक्ष पद त्याग गरेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई वरिष्ठ नेता बन्न अध्यक्ष प्रचण्डले गरेको प्रस्तावप्रति सकारात्मक रहेको उनका एक सल्लाहाकारले बताएका छन्।
मंगलबार पार्टीका पदाधिकारीहरु, पूर्व स्थायी समिति सदस्यहरु, ब्युरो र राज्य समिति सदस्यहरुको बैठकमा दाहालले संविधानसभा चुनावपछि संगाठनिक राष्ट्रिय सम्मेलन गरेर दलभित्र देखीएको पद विभाजनको विवाद समाधान गर्न प्रस्ताव गरेका थिए।
झन्डै दुई हप्ताअघि उपाध्यक्षबाट पद त्याग गरेका भट्टराईलाई तत्कालका लागि वरिष्ठ नेता बनाउने प्रस्ताव प्रचण्डको छ।
यो प्रस्तावको शुक्रबार शुरु हुने विस्तारित बैठकले टुंगो लगाउने माओवादीले बताएको छ।
अध्यक्ष निवास लाजिम्पाटमा भएको बैठकमा सहभागी भएका भट्टराईले पार्टीले गर्ने जु्नसुकै निर्णय मानेर जान आफू सकारात्मक रहेको धारणा राखेको उनी निकट नेता देवेन्द्र पौडेलले बताए।
पौडेलले भट्टराईलाई उदृत गर्दै भने,