पानामाले उत्तर कोरियाको सैन्य मालबाहक जहाजलाई कब्जामा लिएको छ । पानामाका राष्ट्रपति रिकार्डो मार्टिनेलीले स्थानीय सञ्चारमाध्यमलाई जानकारी दिंदै अघोषित सैन्य मालबाहक जहाजलाई नियन्त्रणमा लिएको जनाएको बीबीसीले उल्लेख गरेको छ ।
उक्त जहाजमा अत्याधुनिक मिसाइल उपकरण भएको बताइएको छ । राष्ट्रपति मार्टिनेलीले माइक्रोब्लगिङ साइट ट्वीटरमा एक कार्गो कन्टेनरभित्र ठूलो हरियो रंगको वस्तुसहितको फोटो प्रकाशित गरेका छन् ।
उक्त जहाजलाई पानामा नहरको एट्लान्टिक क्षेत्रस्थित मान्जानिलोमा रोकेर राखिएको छ । राष्ट्रपति मार्टिनेलीले अधिकारीहरुले उक्त जहाजबाट संदिग्ध हतियार भेट्टाएको स्पष्ट पारेका छन् ।