सिरियाको अवस्था रुवाण्डाको गृहयुद्धको बेलाको भन्दा पनि खराव

सिरिया । संयुक्त राष्ट्रसंघले सिरियाको अवस्था रुवाण्डाको गृहयुद्धको बेलाको भन्दा पनि खराव रहेको जनाएको छ । सन् १९९४ मा अफ्रिकी मुलुक रुवाण्डामा गृहयुद्ध र नरसंहार हुंदा त्यहांका जनताले ब्यहोरेको कष्ट भन्दा पनि सिरियाली जनताले बढी दुख पाएको राष्ट्रसंघका अधिकारीहरुले बताएका छन् । राष्ट्रपति बसार अल असदको सरकारी फौज र विद्रोहीवीचको भीडन्तको क्रममा सिरियामा प्रत्येक महिना ५ हजार भन्दा बढीको मृत्यु हुने गरेको संयुक्त राष्ट्र सघंले जनाएको छ ।



 सिरियाबाट दैनिक ६ हजार नागरिक पलायन हुने गरेको र शरणर्थीको संख्या १८ लाख पुगेको पनि राष्ट्र सघंले जनाएको छ । संयुक्त राष्ट्रसंघको शरणर्थी सम्बन्धी ममिला प्रमुख एन्ंतोनियो गुटरेजका अनुसार सिरियामा खाद्यान्नको चरम अभाव भएको छ ।



अमेरिका, बेलायत र फ्रान्सले सिरियाली विद्रोहीलाई साथ दिन राष्ट्रसंघमा प्रस्ताव गरे पनि रुस र चीनले राष्ट्रपति असदको पक्षमा भिटो प्रयोग गरेकाले राष्ट्रसंघीय सुरक्षा परिषदमा गतिरोध कायम छ । सन् २०११ देखि जारी सरकार विरुद्धको प्रदर्शन क्रममा हालसम्म ९३ हजारको मृत्यु भइसकेको छ ।

 

AGENCIES