उत्तर कोरियाली पानी जहाजलाई रोकेर खान तलासी गरेको पनामाले जहाजमा मिसाईल रहेको जनाए लगत्तै क्युवाले सो हतियार आफ्नो देशको भएको स्वीकारेको छ । क्युवाले मिसाईल लगायतका हतियार आफ्नो देशले मर्मतका लागि उत्तर कोरिया पठाएको जनाएको हो ।
क्युवाबाट पनामा नहर हुंदै उत्तर कोरिया जादै गरेको पानी जहाजलाई पनामाले रोकेर खानतलासी गर्दै जहाजका कर्मचारीहरुलाई नियन्त्रणमा लिएको थियो । पनामाका अधिकारीहरुले शुरुमा सो जहाजमा लागु औषध रहेको हुनसक्ने आशंका गरेका थिए ।