पटना । भारतको बिहार राज्यस्थित एउटा प्राथमिक विद्यालयमा विद्यालयबाट उपलब्ध दिउँसोको खाजा खाएपछि ज्यान गुमाउने बालबालिकाको संख्या २२ पुगेको छ । छपरा जिल्लाको मशरक गाउँस्थित सरकारी विद्यालयमा भएको उक्त घटनामा विषाक्त खाजाबाट २७ भन्दा बढी विद्यार्थी विरामी परेका छन् ।
विरामी मध्ये ५ बालबालिकाको अवस्था गम्भीर रहेको जनाइएको छ । मृत्यु हुने र विरामी पर्ने सबै विद्यार्थी १२ वर्ष भन्दा कम उमेरका छन् ।
भारतमा विद्यार्थीको सहभागिता बढाउने उद्देश्यले सरकारी विद्यालयहरुमा दिउँसो निशुल्क खाजा खुवाउने अभियान चलाएको छ । तर, त्यस्ता खाना तथा खाजाको गुणस्तरमाथि बेला