समाचार स्रोत: माई संसार
अघिल्लो संविधान सभा निर्वाचनमा बाबुराम भट्टराईले देशभरका अरु ६ सय सभासद्मध्ये सबैभन्दा बढी मत ल्याएर विजयी हुने रेकर्ड राखेका थिए। यस पटक भने उनी कूल मतदाताभन्दा बढी मत ल्याउने महान् नेताको रुपमा अर्को रेकर्ड राख्न सफल भएका छन्। हालै उपाध्यक्ष पद त्यागेर त्यागको अर्को महान् नमूना देखाएर वरिष्ठ नेतामा बढुवा भएका भट्टराईले आफूले ल्याएको मतभन्दा मतदाता संख्या कम भएकोमा के कूतर्क गर्ने हुन्, सुन्न रमाइलो हुनेछ।
भट्टराईले अघिल्लो संविधान सभा निर्वाचनमा गोरखाको क्षेत्र नम्बर २ बाट ल्याएको मत संख्या थियो- ४६ हजार २ सय ७२। यस पटक त्यही चुनाव क्षेत्रमा फोटोसहितको मतदाता नामावली संकलन गर्दा कूल मतदाता संख्या रह्यो मात्र ४३ हजार ८ सय २२। अर्थात् भट्टराईले पाएको मत २ हजार ४ सय ५० ले बढी।