– वीरेन्द्र केसी
सन्धिखर्क, अर्घाखाँची । गुणस्तरहीन जिल्लाका दर्जनौ सडक भत्केको भत्कै छन । लाखौ खर्चिएर निर्माण हुने सडकमा ठेकेदारको लापरवाही र सरकारी निकायको अनुगमन फितलो हुँदा सडकको गुणस्तर निकै कमजोर भएकाले वर्षेनी भत्किरहने गरिरहेका छन ।
यसले गर्दा सर्वसाधारणलाई हैरानी छ । हिउद नलाग्दासम्म गाडी चढन पाईदैन । एक दशक अघि निर्माण गरिएको सडकमा वर्षेनी मोटो रकम खर्च भैरहदा सरकारी निकायको अनुगमनमा ध्यान नदिदा जिल्लाका सबैजसो सडकको अवस्था विजोग छ । सदरमुकामबाट ग्रामीण भेगमा जाने मुख्य, सहायक र गाउँ स्तरका सडक भत्केको भत्कै छन । वर्षेनी भत्किदा एउटै सडकमा मोटो रकम खर्च भैरहेको छ । मोटो रकम खर्चिएर मर्मत गरिने सडकमा झारा टार्ने मात्र काम हुने गर्छ, सिद्धाराका माधव पोखरेल भन्छन, ठेकेदार, कर्मचारी, केही उपभोक्ता समितिको मिलेमतोमा कागजमा राम्रो काम देखिन्छ तर काम राम्रो भएको हुदैन् ।
जिल्लाका मुख्य सडक सन्धिखर्क – वागी – हंसपुर – गोखुगा सडक धेरैजसो ठाउँमा बिग्रिएपछि एक महिना देखी नियमित गाडी चल्न सकेका छैनन् । यो सडक पश्चिमी क्षेत्र अन्तरगत धेरै सवारी चल्ने अन्तरगत पर्छ । यहाँ दैनिक दस जीप चल्ने गर्छन । सन्धिखर्क धारपानी, गच्छे भालुवाङ, चाक्ला सिद्धारा, लगायतका दर्जनौ सडकको काम गुणस्तरहीन भएकैले वर्षेनी भत्किने र बिग्रिने गरिरहेका छन । सन्धिखर्क- प्युठान सदरमुकाम सडकको किमडाँडामा ५० मिटर सडक मान्छे हिडन नसकिने गरी भित्कएको छ । सडक तलबाट जाली सहितलेको वाल उठाउदा राम्रो काम नगरेकाले बाटोको ना निशासना नै हराउने गरी भित्कएको स्थानीयको आरोप छ । वर्षाको बेला धेरैजसो सडक बिग्रदा सर्वसाधारणलाई आवागमनमा मात्रै हैन खाद्यान समेत लैजान नपाउदा दैनिक अत्यावश्यक खाद्य वस्तु दाल, चामल, चिनी लगायतका वस्तुको अभाव हुने गरेको गाउँलेको गुनासो छ । गाउँ उत्पादित वस्तुहरु शहरसम्म कठिनाई भएको छ ।
सडकको हिसाबले नेपालकै नमुना जिल्लाको रुपमा परिचित भएपनि सडकमा खल्डैखाल्डा र भत्किनेक्रम रोकिएको छैन । ठेक्का र उपभोक्ता समिति माफर्त मर्मत संभार तर निर्मँण गरिएका सडक झनै गुणस्तरहीन हुने गरेका छन । जिविसबाट निर्माण गरिने बजेट बालुवामा पानी हाले सरह जस्तै हुने गरेको छ, हंसपुरका स्थानीय पदम खत्रीले भने, सन्धिखर्क-हंसपुरसम्मको एउटै सडकलाई वर्षेनी बजेट छुटिन्छ, सरकारी निकायको अनुगमन प्रभावकारी नहुँदा ठेकेदार र सम्बन्धित कर्मचारीको मिलेमतोमा बजेट अनुसारको काम हुदैन् । डोजर चलाउदा घण्टैपिच्छे रकम हिनामिना हुने उनको आशंका छ । धेरैजसो सडकमा खल्डाखुल्डी हुँदा हिउदको बेला पनि ग्रामीण सडक जोखिमपुर्ण छन । सडककै कारण दुर्घटना बढ्दै गएका छन । जिल्ला परिषदमा झण्डै ७५ प्रतिशत बजेट सडक निर्माण र मर्मतको लागि विनियोजित गरदै आएको छ ।
जिल्लाको दक्षिणी भेग सिद्धारा, सिमलपानी लगायत सात गाविसको बजेट सडक निर्माणको लागि सबैभन्दा धेरै बजेट खर्च हुनै आएको छ । जिल्लामा झण्डै दस वर्षदेखी सबैभन्दा धेरै बजेट सडकमै खर्च हुदै आएको छ । जिविसका कर्मचारी सहित राजनीतिक दल सम्मिलित अनुगमन समितिले प्रभावकारी ढंगले अनुमगन गर्न नसकेको गाउ