अवैध रुपमा अकूत सम्पत्ति आर्जन गरेको आरोप लागेका गुण्डा नाइके गणेश लामासँग विशेष अदालतद्धारा ३ करोड धरौटी माग

काठमाडौं  । अवैध रुपमा अकूत सम्पत्ति आर्जन गरेको आरोप लागेका गुण्डा नाइके गणेश लामासँग विशेष अदालतले ३ करोड धरौटी मागेको छ । 
बुधबार आफै अदालतमा हाजिर भएका लामाको मुद्दाको प्रारम्भिक सुनुवाईपछि आज विशेष अदालतले ३ करोड धरौटी माग्ने आदेश दिएको हो । 
विशेष अदालतका अध्यक्ष केदारप्रसाद चालिसे तथा सदस्यद्वय मोहनरमण भट्टराई र भुपेन्द्र प्रसाद राइको संयुक्त इजलासले यस्तो आदेश दिएको हो । 
अदालतले मागेको धरौटी रकम बुझाउन नसकेपछि लामालाई डिल्लीबजार सदरखोर चलान गरिएको छ । 
लामा विरुद्ध २७ करोड अवैध सम्पत्ति आर्जन गरेको आरोप लागेको छ ।
RSS