भारत प्रशासित जम्मु-कश्मिरमा सुरक्षाकर्मीको गोली लागी कम्तिमा ६ जना प्रदर्शनकारीको मृत्यु

भारत प्रशासित जम्मु-कश्मिरमा भएको एक विरोध प्रदर्शनमा सुरक्षाकर्मीले हानेको गोली लागी कम्तिमा ६ जना प्रदर्शनकारी मारिएका छन् । घटनामा केही प्रदर्शनकारी गम्भीर घाईते भएकाले मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको बीबीसीले जनाएको छ ।


प्रान्तीय राजधानी श्रीनगरबाट दक्षिणमा पर्ने रामबन जिल्लामा स्थानीय मुश्लिम इमामको भारतीय सुरक्षाकर्मीको पिटाईबाट मृत्यु भएको र सुरक्षाकर्मीले मश्जिदमा प्रवेश गरी कुरानको अपमान गरेको भन्दै उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।


मुश्लिम समुदायको बाहुल्य रहेको क्षेत्रमा चार जना प्रदर्शनकारी मारिएपछि स्थिति थप तनाबपूर्ण बनेको समाचारमा जनाइएको छ ।


स्थानीय अधिकारीहरुले घटनाको जाँचको आदेश दिएको बताएका छन् भने पृथकतावादीहरुले घटनाको विरोधमा बन्दको आह्वान गरेका छन् ।


सो क्षेत्रमा केही हप्ताअघि सेनाले हतियारधारी लडाकू ठानेर गरेको कारवाहीमा दुई निर्दोष युवक मारिएका थिए ।

 

Agencies