काठमाडौं – एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालका पूर्व स्वकीय सचिव विकेश श्रेष्ठले अध्यक्ष दाहाललाई पद त्याग गर्न सुझाव दिएका छन्।
एमाओवादीका केन्द्रीय सदस्य समेत रहेका श्रेष्ठले लिखितरुपमा अध्यक्ष दाहाल सहित उपाध्यक्ष नाराणकाजी श्रेष्ठलाई पनि पद त्याग गरी पार्टीको संरक्षक भई सर्वोच्च नेताको रुपमा काम गर्न सुझाव दिएका छन्।
श्रेष्ठले महासचिव पोष्टवहादुर बोगटीलाई अन्तरिमकालको लागि कार्यबाहक अध्यक्ष बनाई एकपदीय जिम्मेवारीको व्यवस्थाअनुरुप पार्टी संरचना बनाउनु पर्ने उनको सुझाव छ।
उनले आफूले पनि केन्द्रीय समितिको पद त्याग गरेको घोषणा गर्दै सामान्य कार्यकर्ताको रुपमा पार्टीमा सक्रिय भइरहने बताएका छन्।
श्रेष्ठले एमाओवादी भित्रका २० समस्या प्रस्तुत गर्दै समाधानका १५ सुझाव पनि आफ्नो त्याग पत्रमा प्रस्तुत गरेका छन्।
एमाओवादीको विस्तारित बैठकको पूर्व सन्ध्यामा उनको त्याग पत्र आएको हो। यस अगाडि पार्टी उपाध्यक्ष बाबुराम भट्टराईले पद त्याग गरेका थिए।
श्रेष्ठको सुझावसहितको राजीनामा पत्रको व्यहोरा यस्तो छ :