कायरो । इजिप्टमा सेना समर्थित अन्तरिम राष्ट्रपति अदली मन्सुरले हिंसात्मक प्रदर्शन रोक्न विपक्षीहरुलाई आग्रह गरेका छन् । राष्ट्रपति भएपछि पहिलो पटक देशवासीको नाममा सम्बोधन गर्दै मन्सुरले अराजकताले कसैलाई फाइदा नहुने भन्दै प्रदर्शन रोक्न विपक्षीहरुलाई आग्रह गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
मन्सुरले हिंसा र अराजकताबाट नभई शान्ति र सहकार्यबाट मात्रै इजिप्टको भविष्य सुरक्षित हुने समेत उल्लेख गरेका छन् । सेनाले तत्कालीन राष्ट्रपति मोहम्मद मुर्सीलाई अपदस्थ गरी मन्सुरलाई अन्तरिम राष्ट्रपति बनाएपछि इजिप्टमा प्रदर्शन चर्किएको छ ।
अपदस्थ राष्ट्रपति मुुर्सीका समर्थकले तहरिर स्क्वायर लगाएत अन्य सहरमा प्रदर्शन जारी राखेका छन् ।