ढाकावाङमा प्रसाद खादा २२ जना बेहोस

– वीरेन्द्र केसी



ढाकावाङ, अर्घाखाँची   । सामुहिक खीर र तरकारी खादा पौडेल परिवारका २२ जना बेहोस भएका छन । पौडेल परिवारको भान्जा पुण्य पर्वको पुजा गरेपछि प्रसाद खाए लगत्तै बेहोस भएका हुन । ढाकावाङ गाविस वाड नं ५ को तल्लो गाउँमा रहेको सात घर पौडेल परिवारले शनिवार भान्जा पुण्य पुजा गरेका थिए । 



सात घरका २२ जनाले पुजा सकिएपछि एकैपटक विहान ११ बजेतिर प्रसाद खाएका थिए । उल्टी गर्ने र छटपटाउने गरेपछि बेहोस भएर ढल्न पुगेका थिए भैसीको दुधमा पकाएको खीर र बारीमा फलेको फर्सीका मुन्टा, बडी र कर्कलोको टुसा र मुन्टाको तरकारी खाएको छिमेकी नारायण खनालले बताए । प्रसाद पौडेल परिवारले मात्रै खाएका थिए । 



एकैपटक सबै बेहोस भएपछि ढाकावाङ स्वास्थ्य चौकीका ईन्चार्ज भेषराज बंञ्जाडे र अनमि मञ्जु खनालले  उपचार गरिरहेका छन  । विषक्त खाना र  तरकारीमा असर गर्ने फुट पोईजन भएकाले समस्या आएका ढाकावाङ स्वास्थ्य चौकी ईन्चार्ज भेषराज बञ्जाडेले बताए । 

 

वेहोस मध्य विमला पौडेल, दिपक पौडेल, वर्षा चुदाली, विवेक चुदालीको अवस्था गम्भीर रहेको वन्जाडेले बताए  ।

 

(Additional reporting by Arjun Bhusal in Arghakhanchi)




Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।





अन्य समाचारहरु