अन्ततः बाबुराम भट्टराईपछि एमाओवादीका अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव पोष्टबहादुर बोगटीद्धारा राजीनामा

काठमाडौं- एकीकृत नेकपा माओवादीको जारी विस्तारित बैठकमा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव पोष्टबहादुर बोगटीले पदबाट राजीनामा दिएका छन्।

 

शुक्रबार बैठक उद्घारटन हुनुअघि बसेको पदाधिकारी बैठकमा श्रेष्ठ र बोगटीले अध्यक्ष पुष्पकमल दाहाललाई राजीनामा पत्र बुझाएका थिए।

 

दाहालको प्रस्तावमा श्रेष्ठले भने तीब्र असन्तुष्ट राख्दै आएका छन् ।


श्रेष्ठ र बोगटीले राजीनामा नदिएको अवस्थामा पनि उनीहरुको पद आइतबार खारेज हुँदै थियो । दुवैले शनिबार साँझ नै राजीनामा दिएका थिए ।


श्रेष्ठ र बोगटीले अध्यक्ष दाहाललाई राजीनामा बुझाएको बताए पनि विस्तारित बेठकमा सार्वजनिक गरिएन । उपाध्यक्ष श्रेष्ठ र महासचिव पोष्टबहादुर बोगटीले राजीनामा दिएको चर्चा आउँदा पनि विस्तारित बैठकमा सार्वजनिक नगरिएको भन्दै आक्रोस व्यक्त भएको छ ।


सहभागी एक नेताका अनुसार शनिबार समूहगत धारणा राख्ने १६ वटै टोलीले राजीनामाबारे विस्तारित बैठकमा जानकारी गराउन माग गरेका छन् । ‘राजीनामाबारे स्पष्ट मार्न माग गर्‍यौं,’ ती नेताले शनिबार भने, ‘उहाँहरुले बोल्नुभएन ।’

 

RSS, NAGARIK, KANTIPUR