लन्डन – अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक सूर्य सुवेदीले क्यान्सरबाट थलिएर नयाँदिल्लीमा उपचार गराइरहेका पूर्व प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठलाई एक लाख रुपैयाँ सहयोग गर्ने भएका छन् ।
सिंहको स्वास्थोपचारमा नेपाल सरकारको वेवास्ताप्रति असन्तुष्ट व्यक्त गर्दै सुवेदीले उपचार सहयोगार्थ सहयोगको निर्णय गरेका हुन् । उनले विश्वभर रहेका सम्पूर्ण एनआरएनहरुमा श्रेष्ठलाई सहयोग गर्न पनि अपिल गरेका छन् ।
प्रधानमन्त्री रहँदा श्रेष्ठले स्वभिमान भई राष्ट्रियताका पक्षमा उभिएको स्मरण गर्दै प्राध्यापक सुवेदीले नेपाल सरकारलाई राजनीतिक स्वार्थबाट माथि उठेर सहयोग गर्न पनि आग्रह गरेका छन् ।
ekantipur